<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/25daa647e9990945d5120d98845f3d021490093846.jpg" style="float: left;"><b>बैशाख १३, काठमाडौँ ।</b> प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद अवरुद्ध पारेको छ ।<br></p><p>एमालेको अवरोधका कारण बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले हिजो पनि संसद बैठक अवरुद्ध गरेको थियो । स्थानीय तहको संख्या बढाउनुको चित्त बुझ्दो कारण दिएमा संसदमा अवरोध नगर्ने भनेको थियो । </p><p>एमालेले स्थानीय तह थप्ने निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने अडान कायम राखेको छ ।</p>
एमालेद्वारा संसद बैठक अवरुद्ध