Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संकटमा नयाँ शक्ति: उपेन्द्रसंग एकता गर्नुभन्दा माओवादीमैै फर्किन नेताहरुको दवाव

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

१३ वैशाख ,काठमाडौं । नयाँ शक्तिसँग एकता गर्दा डा. बाबुराम भट्टराई संयोजक र आफू सहसंयोजक वा वरिष्ठ नेता मान्न तयार भएका उपेन्द्र यादवले अन्तिममा आएर कुरा फेर्दा एकताको सम्भावना लगभग टरेको छ ।

नयाँ शक्तिमा पार्टी एकता गर्नु नै छ भने बरु प्रचण्डसँग किन नमिल्ने भन्ने समूह एउटा छ भने अर्को समूह उपेन्द्र यादवसँग नै एकता गर्न छलफल र गोप्य भेटघाटमा लागेको छ । न्यूज सेवाले खबर लेखेको छ

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, जनार्दन शर्मा, राम कार्की, प्रभु साह, वर्षमान पुनलगायतले नयाँ शक्तिका नेतासमक्ष छुट्टाछुट्टै छलफल चलाउन थालेका छन् ।

माओवादी केन्द्रका नेता बाबुरामसमक्ष पनि पुगेका थिए, होइन केन्द्रमै फर्किऊँ भन्नलाई । तर, बाबुरामले असम्भव कुरा गर्दै नगरौं भन्दै उठेर हिँडेपछि नयाँ शक्तिका नेतालाई होटलमा बोलाउँदै छलफल शुरु गरेका हुन् । -जनआस्था साप्ताहिक

नयाँ शक्तिले विचार र सिद्धान्तसँग मिल्ने एकताको बाटो खुला रहेको भन्दै वैशाख ८ गते सकिएको केन्द्रीय कार्यकारिणी बैठकले निर्णय गरेको छ । माओवादीबाहेक फरक विचारबाट आउका पासाङ शेर्पा, पर्शुराम तामाङ, केशव दाहालसँग पनि माओवादी केन्द्रका नेताले गोप्य भेटवार्ता गरेको बताइन्छ । पूर्वमाओवादी तथा नयाँ शक्तिका नेता देवेन्द्र पौडेल, कल्पना धमला, महेन्द्र पासवान, कुमार पौडेल, मुक्ति प्रधान, भक्तबहादुर शाहीलगायतसँग माओवादी केन्द्रका नेताले एक÷दुई चरण छलफल राजधानीकै एक होटलमा गरिसकेका छन् ।
उपेन्द्रसँग पार्टी एकताको कुरा ल्याउनु नै गम्भीर गल्ती भएको कतिपयको आरोप छ । नयाँ शक्तिले विचार र सिद्धान्त मिल्ने शक्तिसँग एकताको बाटो खुला गरेसँगै विभिन्न विचार समूहबाट आएका व्यक्ति यसले नयाँ गर्न नसकेको आरोप लगाउँदै बाहिरिने क्रम रोकिएको छैन ।