Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब विदेश जानेलाई काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २२, काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ ।

कास्कीको पोखरा वा रुपन्देही जिल्लाको बुटवलमध्ये एक स्थान, धनुषा जिल्लाको ढल्केबर वा आसपासका स्थान र बाँकेको नेपालगञ्जमा विभागले सेवा केन्द्र खोल्न लागेको हो ।

धेरै संख्यामा वैदेशिक रोजगारीमा जाने क्षेत्र र विदेश जानेहरुलाई पायक पर्ने स्थानहरुमा विभागको सेवा केन्द्र खोल्ने तयारी गरिएको हो । आउँदो साउन महिनादेखी सञ्चालनमा आउने गरी सेवा केन्द्रहरु स्थापना गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

यस्तै विदेशमा कार्यरत नेपाली कामदारले आउँदो साउन महिनादेखि दूतावासबाटै पुनः श्रमस्वीकृति गर्न पाउने भएका छन् । बिदेशी नियोगका सुझावका आधारमा नयाँ आर्थिक वर्षदेखि दूतावासहरुबाटै पुनः श्रमस्वीकृति दिने तयारी भैरहेको विभागले जनएको छ ।

बिदामा नेपाल आउने कामदारले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्ने बताइएको छ।