Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै

By साझासवाल

काठमाडौँ । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक आज बस्दैछ | बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलका प्रमुख सचेतकहरुबीच सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाउन बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए |

बैठकमा कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला लगायत जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतक सहभागी छन् ।

शनिवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो ।