नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने

साझासवाल
1 Min Read

काठमाडौँ | नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने भएको छ। वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ भव्य रूपले मनाउने सचिवालय बैठकले निर्णय गरेको हो। सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा, ऊर्जा र संकल्पका साथ अगाडि बढाउने संकल्प गर्ने बताए।

उनले भने, ‘यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुहुने विशिष्ट योद्धाहरूलाई कम्युनिष्ट योद्धाको हिसाबले सम्मान गर्छौँ।’सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) रहेका छन्। जाजरकोटका न्यौपानेको भने मृत्यु भइसकेकाले मरणोपरान्त सम्मान गर्न लागिएको बताए।