Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए

By साझासवाल

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिएका छन्। सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीसहित राप्रपाका ३ नेतालाई सिंहदरबाट गेटबाट नियन्त्रणमा लिएको थियो। पक्राउपरेपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले निरंकुश सरकारले यस्तै गर्ने भन्दै आफूले अच्चम नमानेको बताए। उनले भने, ‘निरंकुश सरकारले गर्ने यही काम हो। यसमा हामीले अचम्म मान्नुपर्ने कुरै छैन। हामीले यसलाई अच्चमा मानेका छैनौं।’