Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

संसदमा रास्वपाको अवरोध कायमै, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो

By साझासवाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तर विरोधका कारण प्रतिनिधिसभाको आजको बैठकमा निर्धारित प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ।

सभामुख देवराज घिमिरेले संसदमा विशेष परिस्थिति सिर्जना भएको जनाउँदै उक्त कार्यक्रम हटाइएको घोषणा गरेका हुन्। यद्यपि, कार्यसूचीमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको प्रत्यक्ष रूपमा जवाफ दिने कार्यक्रम समावेश गरिएको थियो।

सभामुख घिमिरेले संसदको मर्यादा र प्रक्रियालाई ध्यानमा राख्दै बैठकको शान्तिपूर्ण सञ्चालनमा सहयोग गर्न सबै दललाई आग्रहसमेत गरेका छन्।