Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सांसद सुवालको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- विकास नगरे दालभात खान धेरैलाई बजेट पुग्छ

By साझासवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल काठमाडौँ-तराई-मधेस द्रुत मार्गको काम रोकेर अन्यत्र विकास गर्न गरेको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन्।

खर्च कटौतीको प्रस्ताव गर्दै सुवालले केही दिनअघि प्रतिनिधिसभा बैठकमा द्रुत मार्ग आयोजना नै खारेज गरेर अन्यत्र विकास गर्नुपर्ने प्रस्ताव गरेका थिए।

यसबारे आज प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन्। उनले भने, ‘त्यस्तो कुरा गर्ने हो भने त केही विकास नगरे दालभात खान धेरैलाई पुग्छ। यस्ता कुरा गरेर विकास हुँदैन।’