2026-06-19 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही

2026-06-19

काठमाडौँ | राप्रपाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदीय व्यवस्थामा एक जना सांसदको भूमिका पनि महत्वपूर्ण हुने बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् संख्या नभइ विधि र नीतिका आधारमा सञ्चालन हुनुपर्ने बताए। उनले बहुमत सरकार गठन र टिकाइ राख्न आवश्यक हुने भए पनि संसद्को मुख्य आधार विधि र लोकतान्त्रिक मूल्य मान्यता भएको बताए।

‘यो संसदीय व्यवस्था हो। संसदीय व्यवस्थामा एक जना सांसदको महत्व पनि बाँकी २७४ जना सांसदसरह हुन्छ। संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो,’ शाहीले भने।

बहुमतको आडमा प्रतिपक्ष र जनताका आवाजलाई बेवास्ता गर्दा त्यसको परिणाम नराम्रो हुने भन्दै उनले सत्ता पक्षलाई इतिहासबाट पाठ सिक्नपर्ने बताए। शाहीले विगतमा बहुमत प्राप्त सरकारले प्रतिपक्षको आवाज नसुन्दा परिणामस्वरूप जनआन्दोलन बताए। ‘त्यो सरकारको संसदमा बहुमत थियो, तर जनताको आवाज नसुन्दा अन्ततः टिक्न सकेन,’ उनले भने। सांसद शाहीले वर्तमान सरकार पनि अघिल्ला सरकारकै शैलीमा रहेको भन्दै कर छली, विद्युतीय सवारीसाधनको भन्सार दररेट लगायत विषयमा निष्पक्ष छानबिन गर्न सरकार तयार नभएको बताए।

‘हिजो ३३ किलो सुन काण्डको निष्पक्ष छानबिन गर्न तयार भएनन्, आज करछली र ईभी गाडीको भन्सार दररेटसम्बन्धी विषयमा निष्पक्ष छानबिन गरौँ भन्दा पनि तयार हुनुहुन्न,’ उनले भने। उनले सत्ता परिवर्तन हुदैँमा शासन शैली, संस्कार र व्यवहारमा परिवर्तन नहुने भन्दै सदनमा अनुहार मात्रै हैन व्यवहार पनि फेरिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली