रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण

Sajha Sabal
1 Min Read

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन्। बुधबार पार्टी कार्यालय बनस्थलीमा पार्टी सभापति रवि लामिछानेसमक्ष निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन्।

महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सपथसंगै सभापति लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसकेका छन्। यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएको थियो।