Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सय बढी दलले आयोगलाई बुझाए आयव्यय विवरण

By kit

माघ ७, काठमाडौँ  | निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् ।

साउनदेखि अहिलेसम्म आव २०७३÷७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत दलले आयव्यय विवरण बुझाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७४, दफा ४२ मा दलले लेखा परीक्षण गराई आव शुरु भएको छ महिनाभित्र आयोगमा आयव्यय विवरण बुझाउनुपर्ने उल्लेख छ । आयोगमा १३७ दल दर्ता भए पनि पार्टी एकीकरण हुँदा अहिले त्यो संख्या १२५ पुगेको छ । तिमिल्सेनाले माघभित्र आयव्यय विवरण बुझाउने समयसीमा रहेको र तोकिएको समयमा आयव्यय विवरण नबुझाउने दललाई रु १० हजार जरिवाना गरिने जानकारी दिनुभयो । रासस