Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्व बैंककी उपाध्यक्षको अर्थमन्त्रीसँग शिष्टाचार भेट

By kit 3 मिनेट पढाइ

माघ ७, काठमाडौँ  | अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालको भ्रमणमा रहनुभएकी दक्षिण एशियाका लागि विश्व बैंककी उपाध्यक्ष एन्नेट डिक्सनले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपालको समसामयिक राजनीतिक अवस्था, आर्थिक गतिविधि, विकास प्रयास एवं उक्त बैंकको ऋण सहायतामा सञ्चालित परियोजनाबारे विचारविमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्री कार्कीले नेपालको चौतर्फी विकासका निम्ति बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋणका लागि आभार प्रकट गर्दै गरिबी, बेरोजगारी, अशिक्षाजस्ता विकासका बाधा हटाउन नेपाल सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।

उपाध्यक्ष डिक्सनले तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलाई बधाई दिंदै अब राजनीतिक स्थायित्वतर्फ उन्मुख नेपालको सामाजिक–आर्थिक विकासका लक्ष्य प्राप्तिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटका बेला अर्थ मन्त्रालयका उच्च अधिकारी यहाँस्थित उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा वरिष्ठ कर्मचारीको उपस्थिति थियो । रासस