साउन १६, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । 

समितिको आजको बैठकले सर्वाेच्च अदालतको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । 

समितिको आजको बैठकले सर्वाेच्च अदालतको "/>

2026-06-20 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित

साउन १६, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । 

समितिको आजको बैठकले सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो 

सर्वाेच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई हुनुहुन्छ । 

वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले सुनुवाइपछि अनुमोदन गरेको छ । कार्कीको नाम सिफारिसमा परेकाहरुको सूचीमा पाँचौँ वरियतामा छ । उहाँसँग यसअघि महान्याधिवक्ता र नेपाल बार एसोसिएसनका अध्यक्षको अनुभव छ । 

नेपालको संविधानले सर्वच्च अदालतको न्यायाधीशमा नियुक्ति हुने व्यक्तिको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था गरेको छ । अनुमोदित नाममध्ये कार्यकाल र उमेर हदका हिसाबले प्रस्तावित न्यायाधीश श्रेष्ठ तथा वरिष्ठ अधिवक्तात्रय कार्की, राउत र मल्ललाई प्रधानन्यायाधीशको सम्म जिम्मेवारी मिल्ने सम्भावना देखिएको छ । पछिल्लो नियुक्तिपछि अदालतमा प्रधानन्यायाधीश समेत तीन महिला न्यायाधीश हुनुहुने छ । 

न्यायपरिषद्बाट २०७२ साल फागुन १८ गतेको निर्णयानुसार उहाँहरुलाई अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएकामा संसदीय सुनुवाइ विशेष समिति गठनमा भएको ढिलाइ र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावसम्बन्धी विषयले समेत सुनुवाइको काम पछि सरेको थियो । समितिले गत बुधबार र बिहीबार उहाँहरुको सुनुवाइ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ