<p><b>पुस २३, काठमाडौँ | </b>राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।<br></p><p>बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।</p>
बामदेव गौतम दिगो विकास समितिमा मनोनीत
