एमालेले देशलाई अराजकतातर्फ लैजान खोज्यो : खनाल

kit
kit
1 Min Read

<p><b>पुस ७, काठमाडौँ |</b> नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्। बुधवार संसद बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप लगाए।<br></p><p>‘संसद अवरोध गर्नु मूर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन। संसद जनताको आवाज उठाउने थलो हो। यो थलोलाई नै बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?,’ उनले भने, ‘यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारि प्रवृत्ति हो। धुन्धुकारि प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ।’</p><p>खनालले एमाले नेतृत्व धुन्धुकारि प्रवृत्तिबाट ग्रस्त बनेको टिप्पणी पनि गरे। संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो भए पनि एमालेले त्यसको गरिमा बुझ्न नसकेको नेता खनालले आरोप लगाए। विचार सकिएको एमालेले गरिरहेको बल प्रयोग मूर्खतापूर्ण भएको उनको टिप्पणी छ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply