एमालेले बनायो सात सदस्यीय कार्यदल

kit
kit
1 Min Read

पुस ८, काठमाडौँ | नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलका सदस्यहरूमा रचना खड्का, गोकुल बास्कोटा, महेश बस्नेत, पार्वत गुरुङ, माधव ढुंगेल र विष्णु रिजाल रहेका छन्। कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसंगठनबाट बिदा भएकाहरू पार्टी काममा पुगेका छैनन् भने कसरी पुर्‍याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेस गर्नेछ। सोही सुझावका आधारमा फागुनसम्ममा जनसंगठनहरूले अधिवेशन र सम्मेलन सम्पन्न गर्नुपर्नेछ।

संयन्त्रको बुधवारको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोखरेल, जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू उपस्थित रहेका थिए। बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजना गर्नका लागि आ-आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय पनि गरेको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply