प्रचण्डकाे दस्तावेज तयार, छलफलका लागि बाेलाइयाे आकस्मिक बैठक !

kit
kit
1 Min Read

<p><b>पुस ८, काठमाडौँ |</b> राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।<br></p><p>पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको हाे।</p><p>माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनका विविध पक्षबारे छलफल गर्न शुक्रबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको जानकारी दिए । ‘सम्मेलनका विविध पक्षबारे छलफल हुन्छ, त्यसमा डकुमेन्ट पनि पर्नसक्छ’, ढकालको भनाइ छ ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply