यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

kit
kit
1 Min Read

पुस ९, काठमाडौँ | सरकारले क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिसमसकाे अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयः

१) औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने

२) विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने

३) क्रिसमस डेका अवसरमा शनिबार सार्वजनिक विदा दिने

४) संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने

५) राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने

६) जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने

७) हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुनरावलोकन गर्ने

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply