Skip to content
Friday, July 17, 2026 Nepali Online Media

साङेलाई भेट्नु ‘देउवाको गल्ती’

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा तिब्बतका निर्वासित नेता उपस्थित कार्यक्रममा सहभागी भएको विषयमा कांग्रेसकै वरिष्ठ नेताले आपत्ति जनाएका छन् ।

उनीहरुले पार्टी बिपी कोइरालाकै पालादेखि ‘एक चीन नीति’ मा दृढ रहेको दोहो¥याउँदै विवादास्पद कामबाट बच्न नेतृत्वलाई सुझावसमेत दिए । महामन्त्री शशांक कोइरालाले सभापति देउवा तिब्बती निर्वासित सरकारप्रमुखसँगै वक्ता रहेर कार्यक्रममा सहभागी हुनु गलत भएको बताए । उनले सभापति देउवाको उक्त भेट पार्टीगत नभई व्यक्तिगत रहेको स्पष्टसमेत पारे ।

‘नेपाली कांग्रेस एक चीन नीतिमा अडिग छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिलाई यस विषयमा कुनै जानकारी नभएका कारण उक्त कार्यक्रममा भएको उहाँको सहभागिता व्यक्तिगत हो ।’ उनले एक चीन नीतिविपरीत कांग्रेसले कुनै पनि गतिविधि नगर्ने पनि बताए ।

सभापति देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडियाज कनक्लेभ–२०१६’ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न गोवा पुगेका थिए। उक्त कार्यक्रममा तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ साङेसँग अनौपचारिक कुराकानीसमेत गरेको समाचार आएको थियो । उक्त कार्यक्रममा दलाई लामाले भिडियो सम्बोधनसमेत गरेका थिए ।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले चीनलाई शंका हुने काम कहिल्यै नगर्ने बताए । ‘बिपीको पालादेखि नै हामी एक चीन नीतिमा अडिग छौं । त्यसकारण असल छिमेकी राष्ट्र चीनलाई शंका हुने काममा कहिल्यै सहभागी हुँदैनौं,’ उनले भने, ‘कांग्रेसको यो नीतिविपरीत कोही पनि जाँदैन ।’ चीनलाई कांग्रेसले सधैं भरपर्दो र विश्वासिलो मित्रका रुपमा हेर्न चाहेको उनले दोहोर्‍याए ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि चीनको चासोप्रति कांग्रेसका शीर्ष नेताले अत्यन्तै संवेदनशीलता देखाउनुपर्ने बताए । ‘दलाई लामाको विषयमा चीन सानोभन्दा सानो विषयमा संवेदनशील छ,’ उनले भने, ‘त्यसैले कांग्रेसका शीर्ष नेताले चीनको चासोप्रति अत्यन्तै संवेदनशीलता देखाउनुपर्छ ।’ उनले तिब्बत चीनको एक स्वशासित क्षेत्र हो भन्नेमा नेपाल स्पष्ट रहेको पनि बताए ।

कांग्रेसकै केही नेताले भारतको गोवामा देउवाको भेट तिब्बती निर्वासित नेतासँग हुनु संयोग मात्र भएको बताउँदै आएका छन् । भारतका केही नेताले नियोजित रुपमा नै चीन र नेपालको सम्बन्ध बिगार्न देउवालाई निर्वासित नेतासँग भेट गराएको हुनसक्ने ती नेताको आशंका छ । -नागरिक दैनिक