Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दलाल पुँजीमाथि हस्तक्षेप गर्नुपर्छ: नेपाल

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले युवा पुस्ता अहंकार र विकृतिबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबिच पार्टी एकता कार्यक्रममा नेपालले यस्तो बताएका हुन्।

‘अहंकारबाट मुक्त हुनुभएन भने विकृतिबाट मुक्त हुनुभएन भने युवाहरू अगाडि बढ्न सक्नुहुन्न,’ उनले भने, ‘नसकिने कुरा केही पनि छैन । म नराम्रो संगतमा पर्दिन भनेर सबै युवाले संकल्प लिनुपर्छ, शपथ लिनुपर्छ।’ अबको नेतृत्वले जनताको चाहना बुझ्नुपर्ने उनको भनाइ छ। समाजको विशेषता बुझेर समाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

‘समाजको विशेषता बुझेर समाजलाई प्राथमिकता दिने हो भने तपाईं सही ढंगले अगाडि बढ्नुहुन्छ,’ नेपालले भने, ‘जनताको पीडालाई आफ्नो पीडा ठान्नुभयो भने जनतालाई तपाईंलाई माया गर्छन्।’ उनले सिंगो देश र समाजलाई डोहोर्‍याउनका निम्ति सही विचार लिनुपर्नेमा जोड दिए। नेपाली विशेषताको समाजवाद के हुन्छ भन्ने कुरामा गम्भीर बन्न सुझाव दिए।

जनता लुट्ने प्रवृत्तिलाई समाप्त पार्न शासन सञ्चालन प्रणालीलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। ‘दलाल पुँजीको दबदबा बढी रहेको छ। रातारात कमाउन चाहनेहरू बढी रहेका छन्। निरन्तर जनता लुट्ने प्रवृत्तिलाई समाप्त पार्नुपर्छ। हस्तक्षेप गर्नुपर्छ,’ नेपालले भने, ‘त्यसका निम्ति हाम्रो शासन सञ्चालन प्रणालीलाई परिवर्तन गर्नुपर्छ।’

देशको निर्माण र रूपान्तरणका निम्ति सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणको धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिए। ‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भनेँ- तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ नेपालले भने, ‘अनि मात्र क्रान्ति सम्भव छ।’