Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ललिता निवास प्रकरण : २१ दिनपछि जमानीमा छुटे सुवेदी दम्पती

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २८, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती हाजिरी जमानीमा रिहा भएका छन् ।

उक्त जग्गा प्रकरणमा बिचौलीयाको आरोपमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको हो ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिंहका अनुसार सरकारी वकिलको कार्यालयको सहमतिमा उनीहरू दुवै जनालाई रिहा गरिएको हो ।

मुद्दा नचल्ने अवस्थामा हिरासतमा राख्न नमिल्ने भएका कारण उनीहरूलाई रिहा गरिएको हो । आवश्यकता परेको खण्डमा हाजिर हुने सहमति गरिएको छ ।

ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न व्यक्तिको नाममा गरिएकोमध्ये सुवदी दम्पतीको नाममा मात्रै १४ रोपनी जग्गा भेटिएको छ ।