Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्रीले आज किन राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउसो राष्ट्रको नाममा सम्बोधन गर्न लागेका छन् । देउवाले आज दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यगरी कोरोना संक्रमणको बढ्दो जोखिम र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

'कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम गर्ने र नागरिकलाई आश्वस्त पार्ने हिसाबले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो' परियारले भने, 'सरकारले अहिलेसम्म गरेका काम कारवाहीको जानकारी गराउने तयारी पनि प्रधानमन्त्रीको छ ।'

तर सम्बोधन चुनावको विषयमा केन्द्रित नहुने जानकारी परियारले दिए ।

पछिल्लाे समय स्थानीय तहकाे भन्दा अगाडि संघीय संसद्काे चुनाव गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले राष्ट्रकाे नामममा सम्बाेधन गर्न लागेका हुन् ।