Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज मध्यराति देखि राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि

By kit

<p><b>माघ ९, काठमाडौँ | </b>आज मध्यरातिदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू हुँदैछ। यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू हुन लागेको हो।<br></p><p>मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ। मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ।</p><p>एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ। साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ।</p>