<span style="color: rgb(51, 51, 51); font-family: "helvetica neue", Helvetica, Arial, sans-serif; font-size: 14px;">माघ २६, काठमाडौँ ।<span style="color: rgb(51, 51, 51); font-family: "helvetica neue", Helvetica, Arial, sans-serif; font-size: 14px;"> प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै उहाँले पार्टीमा पुर्याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गर्नुभएको हो ।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।
‘सुशील कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’