Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

किसान आन्दोलनको माग पुरा नभए निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी

By साझासवाल 2 मिनेट पढाइ

माघ २६, काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा हुन नदिने चेतावनी दिएको छ ।

बुधबार पर्साको वीरगञ्जमा पत्रकार सम्मेलन गरी अध्यक्ष राउतले आफूहरूका माग सम्बोधन नभए वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन गर्न नदिने चेतावनी दिएका हुन् ।

‘पहिले किसान आन्दोलनको माग सम्बोधन गर्नुपर्छ अनि मात्रै स्थानीय तहको निर्वाचन हुनसक्छ‘, राउतले भने, ‘त्यसो हुन सकेन भने तराई-मधेसको झापादेखि कञ्चनपुरसम्म स्थानीय निर्वाचन हुन दिँदैनौं, अवरोध गर्छौं ।’

अध्यक्ष राउतले १ फागुनदेखि किसान आन्दोलनलाई थप सशक्त बनाउने पनि बताए । जनमत पार्टीले किसान आन्दोलनका नाममा १० पुसदेखि तराईका जिल्लामा आन्दोलन गर्दै आएको छ ।