2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाद्वारा ‘प्रचण्ड’ र नेपालसँग प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने बारे छलफल

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा शीर्ष नेतासँग आजपनि छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने बारे छलफल गरेका हुन्।

देउवाले बुधबार बस्ने संसदको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटालाई एमसीसी टेबल गराउने विषयमा प्रचण्ड-नेपालसँग आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। बुधबार संसदमा टेबल गर्न  देउवाले प्रस्ताव गरेकोमा प्रचण्ड र नेपाल करिबकरिब सहमत भएका छन्।

‘एमसीसी टेबल गर्नेबारे सत्तारुढ दल लगभग सहमत भएका छन्। आजको बैठकमा पनि प्रधानमन्त्री ज्यूले प्रक्रियाको बारेमा प्रचण्ड र नेपालसँग छलफल गर्नुभएको हो।’देउवा निकट कांग्रेसका एक नेताले अन्नपूर्णसँग भने, ‘सभामुखले एमसीसी रोकेर राख्न मिल्दैन।’

प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालमार्फत कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन सभामुख सापकोटालाई आग्रह गरेका छन्। उनले एमसीसीबारे कार्यसूची तयार गर्न समेत भनेका छन्। देउवा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध जारी राखेपनि संसद् बैठक सञ्चालन गर्नुपर्ने पक्षमा रहेका छन्। देउवाले एमसीसीका विषयमा अन्तर्राष्ट्रियस्तरमा नै विश्वसनीयताको कुरा भएकाले सांसद र दलहरूले सदनमै कुरा राख्नुपर्ने धारणा राख्दै आएका छन्। एमसीसीबारे छलफल गर्ने प्रस्ताव सरकारले अघि बढाउने तयारी गरेको छ। 

सोमबारको सर्वदलीय बैठकपछि सभामुख सापकोटा आफू तयार रहेको जनाएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका थिए। ‘राष्ट्रिय महत्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’, सभामुख सापकोटाले भने, ‘उहाँहरूले एमसीसीबारे आआफ्नो धारणा राख्नुभएको छ। म खुला छु। आज सबै गठबन्धन दलका कुरा सुने र मैले सभामुखको भूमिकामा काम गर्ने हो। सभामुखको भूमिका अम्पायर र निर्णायकको हुन्छ।’ 

यता नेकपा एमालेले एमसीसीबारे सत्तारुढ गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरेपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। एमाले एमसीसीको विषयमा एमाले पर्ख र हेर अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले