2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामीले छिमेकका मित्रलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनायौं भने हामी भलाइ हुँदैन ’-नेता खनाल

फागुन १३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले छिमेका मित्रहरुलाई चिढाएर देशको भलो नहुने बताएका छन् । शुक्रबार एकीकृत समाजवादीले एमसीसीविरुद्ध आयोजना गरेको खबरदारी कार्यक्रममा खनालले भने, ‘हामीले छिमेकका मित्रलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनायौं भने हामी भलाइ हुँदैन ।’

खनालले छिमेकी रुसको संवेदनशिलता ख्याल नगर्दा युक्रेन अहिलेको हालतमा पुगेको भन्दै खनालले नेपाल पनि तटस्थ नबस्दा त्यस्तै हुने खतरा रहेको टिप्पणी गरे। ‘रुसको अत्यन्तै संवेदनशिल छिमेकी युक्रेनले पश्चिमा देशको पछि लागेर रुसको संवेदनशितलामा हेलचेक्र्याइँ गर्‍यो,’ खनालले भने, ‘त्यहाँको राष्ट्रिय सुरक्षामा चुनौती दिने काम गर्‍यो । र, अहिले यो दुरदशा खेप्नुपर्‍यो । हामी तटस्थ रहन्छौं भनेको भए अहिले यस्तो हुँदैनथ्यो ।’

खनालले एमसीसी ल्याउन आफूले चिठी लेखेको भनेर प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरे। ‘झलनाथ खनालले चिठी लेखेर एमसीसी बोलाएको हो भनेर केही मुर्ख र पूर्वाग्रहीले प्रचार गरिरहेका छन्,’ खनालले भने, ‘त्यो सतप्रतिशत झुट हो । म सरकार हुँदा एमसीसीबारे त्यस्तो केही कुरा भएको छैन । हामीले एसमीसीलाई अगाडि बढाउने एउटा कदम पनि चालिएको होइन ।’

शुक्रबार पोखरामा आयोजित पार्टी कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी नेपालमा ल्याउन झलनाथ खनालले चिठी लेखेर निवदेन हालेको दाबी गरेका थिए। खनालले आफ्नो सरकार त्यस्तो हैसियतमै नरहेको बताए। ‘हाम्रो सरकार त्यो हेसियतमै थिएन,’ उनले भने, ‘म मेरो सरकारलाई दुई कार्यभार पूरा गर्नुपर्ने छ भन्थे । एउटा संविधान निर्माण, अर्को शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने । म जति सरकारमा बसेँ, त्यही गरेँ ।’

खनालले आफूले एमसीसी ल्याउन चिठी लेखेको दस्तावेज ल्याएर आउनसमेत चुनौती दिए । उनले भने, ‘डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर सुरू भएको कुरा घामजत्तिकै छर्लङ्ग छ । मेरो पालाबाट सुरू भएको भए त्यस्तो दस्तावेज ल्याएर आउन चुनौती दिन्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ