चैत्र २०, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।

भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए ।

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।

April 3, 2022
काठमाडौँ - KTM, राजनीति
भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा
By साझासवाल
2 मिनेट पढाइ