२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह निर्वाचन: उम्मेदवार बन्न कुन पदमा कति धरौटी तिर्नुपर्छ ?

२०७९, ११ बैशाख आईतवार ०२:०१

वैशाख ११, काठमाडौँ । आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नको लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने समय आज र भोली पाउदैछन् । मनोनयन दर्ताको लागि निश्चित शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ । 

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकम’ उल्लेख छ । निर्वाचन आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा सो व्यवस्थाअनुसार उम्मेदवारसँग धरौटीबापतको रकम लिनेछ । सो रकम उम्मेदवार दर्ताको शुल्क भने होइन ।

महानगरपालिका तथा उपमहानगरपालिकामा अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार मनोनयन दर्ताको लागि १ हजार ५ सय रूपैयाँ धरौटी जम्मा गर्नुपर्ने हुन्छ ।

त्यस्तै वडाध्यक्ष पदका लागि उम्मेदवार मनोनयन दर्ता गर्नको लागि १ हजार रूपैयाँ लाग्छ । त्यस्तै वडा सदस्य पदको लागि उम्मेदवार मनोनयन दर्ता गराउँदा ५ सय रूपैयाँ धरौटी रकम बुझाउनुपर्ने हुन्छ ।

तर, धरौटी रकम बुझाउँदा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिलाई भने ५० प्रतिशत धरौटीबापतको रकम छुट दिईयेको छ ।

निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले फिर्ता गर्छ । तर, धरौटी रकम फिर्ता लिन कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । १० प्रतिशत मत ल्याउन नसकेको उम्मेदवारको भने धरौटी फिर्ता हुँदैन । त्यसैले यस्ता उम्मेदवारको धरौटी जफत भएको भनिएको हो । उम्मेदवारको धरौटी जफत हुँदा धरौटीबापत जम्मा भएको रकम निर्वाचन आयोगको सञ्चित कोषमा दाखिला हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु