2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनरुपमा एमालेले अर्कै उपमेयरमा उम्मेदवार खडा गरेको आरोप

वैशाख १३, सप्तरी | सप्तरीको कञ्चनरुप नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी उम्मेदवारको फाइल रातारात गायब गरी अर्कै उम्मेदवार खडा गरेको भन्दै अन्य दलले आपत्ति जनाएका छन् ।

एमालेबाट उपमेयरको उम्मेदवारको रूपमा असरादेवी चौधरीले मनोनयन दर्ता गराए पनि रातारात उनको फाइल हटाएर निर्वाचनमा खटिएका कर्मचारीले अर्कैको नाम बाहिर ल्याएको अन्य दलहरूको आरोप छ ।

उपमेयर पदमा मनोनयन दाखिला गरेकी असराको उम्मेदवारी समानुपातिक सूचीमा रहेको थाहा पाएपछि निर्वाचन अधिकृत हिमालय बरालले एमाले नेताको निर्देशनमा मध्य रातमा उम्मेदवार परिवर्तन गरेको अन्य दलका उपमेयरका उम्मेदवारले आरोप लगाएका छन् ।

उपमेयरका उम्मेदवार नेपाली कांग्रेसकी मुना पोखरेल, नेकपा माओवादी केन्द्रकी बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राणा, जसपा नेपालकी कल्पना चौधरी, नेकपा एकीकृत समाजवादीकी होमकुमारी पोखरेलले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् ।

निवेदनमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा कञ्चनरुप नगरपालिकाको उम्मेदवारी दाखिला गर्ने विषयमा निर्वाचन कार्यालयले मध्यरातमा उम्मेदवारी परिवर्तन गरेको उल्लेख छ । एमाले उपमेयरको उम्मेदवारको रूपमा असरादेवी चौधरीले समय सीमाभित्र मनोनयन दाखिला गरेको तर उनको उम्मेदवारी बदर हुने अवस्था देखेपछि निर्वाचन कार्यालयले एमाले नेतालाई सूचित गरी मध्यरातमा फाइल नै परिवर्तन गराई कल्पना चौधरीको नाम उपमेयरको उम्मेदवारको सूचीमा राखेको आरोप छ ।

निर्वाचन कार्यालयबाट भइरहेको यस्ता किसिमका गतिविधि अविलम्ब रोक्न, मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न, दोषीलाई कारबाही गर्न माग गरिएको छ । माग पूरा नभए कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनी उनीहरूको चेतावनी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते