Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

यस्तो अवस्थामा मतदानस्थल प्रवेश गर्न र मतदान गर्न पाइदैन

By साझासवाल

वैशाख ३०, काठमाडौँ । आज देशभर एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको मर्यादा कायम गर्ने उदेश्यले बिभिन्न नियम बनाएको हुन्छ ।

मतदान स्थलमा मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई प्रवेश नदिने आयोगले जनाएको छ । यसै नियमलाई आधार मान्ने हो भने मादक पदार्थ सेवन गरेर मतदान गर्न गए मत हाल्न पाइने छैन ।

यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनै  वस्तु लैजान नपाइने जनाएको छ । आयोगले यस्ता कार्य गरेमा  कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ ।

आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालन गर्नमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सरोकारवालाहरूलाई अपिल गरेको छ ।