वैशाख ३१, काठमाडौं । काठमाडौंको मेयरका उम्मेदवार बालेन साहले ४४४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

उनलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितको पक्षमा ३७७ मत आएको छ ।

गठबन्धनकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले २७४ पाएकी छिन ।

काठमाडौंमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका थिए ।

गठबन्धनकोतर्फबाट कांग्रेसकी सिर्जना सिंह मेयरका लागि उम्मेदवार बनेकी थिइन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ को गणना हुँदै गर्दा वडा नम्बर २ र ३ को पनि गणना शुरु भएको छ ।

May 14, 2022
काठमाडौँ - KTM, राजनीति
काठमाडौंको मेयर : बालेनकाे ४४४ मतसहित अग्रता, स्थापित दोस्रो स्थानमा
By साझासवाल
2 मिनेट पढाइ