Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बुटवल उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले दोब्बर बढी मतले अग्रता लिंदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३१, काठमाडौँ । बुटवल उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले दोब्बर बढी मतले अग्रता लिएका छन् । मेयर पदमा गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गर्दा राप्रपाका मृगेन्द्र सेरचनले ३०२ मत र

एमालेका उम्मेदवार बाबुराम भट्टराईले २३९ मत पाएका छन् ।

यहाँ १४०० मतगणना गरिएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसले नै ग्रता लिएको छ । यहाँ कांग्रेसले ३९१ मत पाउदा राप्रपाले १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।