Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्तिम नतिजा २० ठाउँको आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, काठमाडौं | गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस, ३ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र २ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन् ।

हाल मतगणना भएका स्थानहरुमध्ये पालिका अध्यक्ष तथा प्रमुखमा २६६ स्थानमा नेपाली कांग्रेस, १८३ स्थानमा नेकपा एमाले, १०९ स्थानमा माओवादी केन्द्र, १२ स्थानमा एकीकृत समाजवादी, २६ स्थानमा जनता समाजवादी पार्टी नेपाल, ६ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र २७ स्थानमा पार्टी तथा स्वतन्त्र उम्मेदावरको अग्रता रहेको छ ।

यस्तै, उपप्रमुख÷उपाध्यक्षको मतगणना सकिएका २० स्थानमध्ये ८ वटामा नेपाली कांग्रेस, ७ स्थानमा नेकपा एमाले, २ स्थानमा माओवादी केन्द्र, २ स्थानमा एकीकृत समाजवादी र एक स्थानमा अन्य उम्मेदवार विजयी बनेका छन् ।