जेठ २, काठमाडौं | काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले ५ हजार ८९६ मत प्राप्त गरेकी छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा चार गुनाभन्दा बढी हो ।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले १ हजार ६३२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए ।

यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले १ हजार २४९ मत प्राप्त गरेकी छन् र काठमाडौं महानगरको उपप्रमुखमा विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत प्राप्त गरेकी छन् |

May 16, 2022
काठमाडौँ - KTM, राजनीति
काठमाडौंको उपमेयरमा एमालेकी डंगोलले ल्याईन् गठबन्धनको भन्दा चार गुना बढी मत
By साझासवाल
2 मिनेट पढाइ