Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देशभर २८२ स्थानीय तहको मतपरिणाम आउँदाः कांग्रेस ४५.३९, एमाले २७.६५ र माओवादी २१.६३ प्रतिशत विजयी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २, काठमाडौं | गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । देशमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये १२८ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । अर्थात, ४५.३९ स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले ७९ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ । अन्तिम मतपरिणाम आएकामध्ये २७.६५ प्रतिशत स्थानीय तहमा एमालेका उम्मेदवारले जितेका छन् ।

६१ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेको छ । अन्तिम मतपरिणा आएकामध्ये २१.६३ प्रतिशत स्थानीय तहको प्रमुख माओवादी उम्मेदवार विजयी बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ४ वटा स्थानीय तहको प्रमुख जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका स्थानीय तहको १.४१ प्रतिशत हो ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ३ वटा स्थानीय तहको प्रमुख मात्र जितेको छ । उसले अन्तिम मतपरिणाम आएको स्थानीय तहमध्ये १.०६ प्रतिशत स्थानमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म कुनै पनि स्थानीय तहको प्रमुख जित्न सकेको छैन ।