२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाका पाँच वडामा समाजवादी विजयी

२०७९, ३ जेष्ठ मंगलवार ०८:११

जेठ २, जुम्ला | जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा  निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो ।

त्यस्तै, चन्दननाथ नगरपालिका – ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षमा निर्वाचित महतले २७९ मत प्राप्त गरेका छन् ।  उनका प्रत्यासी एमालेका कमल बहादुर महतले २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ

यस्तै, हिमा गाउँपालिका –२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त  गरेका छन् । सोही गाउँपालिका –७ वडाको वडाध्यक्षमा समाजवादीका विक्रम बहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका वीरजित रोकायाले १८० मत प्राप्त गरी पराजित भएका छन् ।

कनकासुन्दरी गाउँपालिका –७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् ।

यस्तै, गुठीचौर गाउँपालिका –२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह