Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘काठमाडौंमा विद्युतीय रेल सञ्चालन गर्दैछौं’

By साझासवाल 3 मिनेट पढाइ

जेठ ५, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले राजधानीमा विद्युतीय रेल सञ्चालनमा ल्याउने गरी काम गरिरहेको बताएकी छन् ।

बुधबारदेखि सुरू भएको ‘नेपालमा सार्वजनिक यातायातको विद्युतीकरण रणनीति’ सम्बन्धी दुई दिने राष्ट्रिय परामर्श कार्यशालामा बोल्दै मन्त्री यादवले दीर्घकालीन रूपमा चक्रपथभित्र विद्युतीय रेल चलाउने गरी काम भइरहेको जानकारी दिइन् ।

रेल सञ्चालनसँगै काठमाडौंका सडकमा देखिएको सवारी चाप कम हुने उनको विश्वास छ ।

सरकारले सुरू गरेको पूर्व-पश्चिम रेलमार्ग विद्युतीय हुने र आगामी दिनमा यातायातमा विद्युतीय माध्यमको प्रयोग समेत बढाउने योजना सरकारले ल्याएको उनले सुनाइन् ।

विद्युतीय रेलको प्रयोगबाट पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै राज्य कोषको वर्षेनि अर्बौं रुपियाँ जोगिने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक सवारीसाधन मात्र नभई पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीसाधनलाई विद्युतीकरण गरी व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरिन् ।