2026-06-19 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको जयवागेश्वरी क्षेत्रबाट प्राप्त १०० मत गन्दा स्थापितलाई १ मत

जेठ ५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणना जारी छ । काठमाडौँ वडा नम्वर ८ मा मत गणना गर्ने क्रममा पहिलो १०० मत गन्दा एमालेका उम्मेदवार केशव स्थापितले जम्मा १ मात पाएका छन् । 

काठमाडौँ ८ जयवागेश्वरी क्षेत्र अन्तर्गत पर्छ । १०० मत गणना गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४७ मत पाएकी छन् भने काठमाडौँ महानगरपालिकाको मतान्तर बढाउदै लागेका बालेन्द्र शाहले २२ मत पाएका छन् । 

वडा नम्वर ८ को १०० मत गणना गर्दा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ६८ मत पाउदा एमालेका वडाध्यक्ष उम्मेदवारले एक मत पनि प्राप्त गरेका छैनन् । 

हालसम्मको ताजा मत परिणाम अनुसार बालेन शाहले २२ हजार बढी मत पाई सकेका छन् । शाहले २२ हजार ८४२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन् । 

काठमाडौँ महानगरपालिकाको अहिलेसम्म ५८ हजार ८५० मत गणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौँ महानगरमा कुल खसेको मत १ लाख ८९ हजार ४२० हो । वैशाख ३१ बिहानबाट मतगणना सुरु भएर आजसम्म आईपुग्दा ५ दिन पुरा भईसकेको छ । मत गणनाको पछिल्ल्लो गति अनुसार २४ घण्टामा १५ हजार मतगणना भईरहेको छ । अब काठमाडौँ महानगरको गन्न बाँकी मतनै १ लाख ३० हजार ५७० रहेको छ । यस हिसाव अनुसार अहिलेकै गतिमा मतगणना हुँदै जाने हो भने अझै काठमाडौँको अन्तिम मत परिणाम आउन ८ देखि ९ दिन लाग्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ