२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसमा ओली ‘मिसन’सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

२०७९, ७ जेष्ठ शनिबार ०५:१७

जेठ ७, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’

मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भनेका हुन् । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो । 

ठीक एक महिनापछि ९ वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले मधेसमा शक्तिशाली दल भएर उदाउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने बताएका थिए । 

ओलीको उक्त अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको परिणामले सत्य भएको पुष्टि गरिदिएकाे छ । किनभने केही स्थानीय तहको मतगणना बाँकी छँदै मधेस प्रदेशमा एमालेले दोस्रो दल बन्‍ने छनक देखाएको छ । 

यसअघि २०७४ सालको निर्वाचनले एमाले १८ स्थानीय तहमा जित निकाल्दै पाँचौं दलको हैसियतमा खुम्चिएको थियो । 

निर्वाचन आयोगले अद्यावधिक गरेको शनिबार बिहान ११ बजेसम्मको विवरणलाई आधार मान्दा एमालेले अघिल्लो पटकभन्दा बढी दुई वटा स्थानीय तह जितेर २० वटा पुर्‍याएको छ । नौं वटा स्थानीय तहमा भने अग्रता छ । अग्रता भएकामा पनि जित भए मधेस प्रदेशमा एमालेको २९ स्थानीय तहमा जित हुनेछ । 

जनता समाजवादी पार्टीको पनि जित भएको स्थानीय तह २० वटा नै हो । तर, अग्रता सात वटा स्थानीय तहमा मात्र छ । 

सोही कारण एमाले दोस्रो दल हुने सम्भावना बढेको हो । जबकि, एमाले विभाजित अवस्थामा निर्वाचनमा गएको हो । प्रदेश संसद्‍मा एमाले फुटेर बनेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीभन्दा सानो छ । 

तर, २६ स्थानीय तह जितेर २०७४ सालमा दोस्रो दल बनेको जनता समाजवादी पार्टीलाई पछि पार्ने अवस्थामा एमाले पुगेको छ ।  नेकपा (माओवादी केन्द्र)ले त अघिल्लो पटक २१ स्थानीय तह जितेकोमा यस पटक १० स्थानीय तह जितेको छ । 

माओवादी आधा सङ्ख्यामै खुम्चिनु परेको छ । मधेसमा माओवादी नेता प्रभु साह एमालेमा गएपछि माओवादी खुम्चिएको कतिपयको विश्लेषण छ ।  अघिल्लो निर्वाचनमा चौँथो बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राष्ट्रिय जनता पार्टीे) पनि पहिलेकै सङ्ख्यामा जित निकाल्ने अवस्थामा देखिएको छैन । 

यद्यपि, एमाले भने निर्वाचनबाट मधेसमा शक्तिशाली दलको रूपमा उदय भएको छ । कांग्रेसको प्रतिस्पर्धी दल बन्‍ने देखिएको छ । 

मधेसमा एमालेको चुनावी कमान्ड सम्हालेका पार्टी केन्द्रीय सचिव रघुवीर महासेठले एमाले शक्तिशाली पार्टीको रूपमा देखिनुमा मधेसी नागरिकको एमालेप्रति छुट्टै खालको आकर्षण रहेको बताए ।

‘मधेसमा एमालेलाई शक्तिशाली दल हुनबाट कसैले रोक्न सक्दैन । जुन कुरा यो निर्वाचनले पुष्टि गरिदियो’, उनले न्युज कारखानासँग भने, ‘मधेसी नागरिकको विश्‍वास एमालेमाथि छ । किनभने एमाले मधेसहित सिङ्‍गाे देशको विकास गर्ने पार्टी हो ।’

उनले मधेसलाई एमालेमय बनाउन चाहेको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो