2026-06-20 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनले जित्नु अपवाद हो, कहिलेकाहीँ यस्तो हावा चल्छ- कांग्रेस प्रवक्ता

जेठ ९, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालेन शाहसहितका स्वतन्त्र उमेदवारले जित्नु अपवाद भएको बताएका छन् । स्वतन्त्र उमेदवारको जितले दलीय व्यवस्थालाई नै कमजोर पार्छ भन्ने व्याख्या ठिक नहुने पनि उनले बताए ।

उनले राजनीतिमा कहिलेकाहीँ स्वतन्त्र जिताउने हावा चल्ने भन्दै अहिले पनि काठमाडौंसहितका ठाउँमा त्यस्तो हावा चलेको बताए । 


“राजनीतिमा कहिलेकाहीँ त्यस्तो हावा चल्छ । दलहरूभन्दा बाहिरबाट जिताइयो भने त्यसले पो केही गरिहाल्छ कि भनेर मान्छेहरूलाई लाग्न सक्छ,” निर्वाचन परिणामबारे धारणा आयोजित पत्रकार सम्मेलनमा महतले भने, “काठमाडौंमा पनि त्यही भयो ।”

उनले काठमाडौंमा बालेन शाहको अग्रता र अन्य ठाउँमा पनि स्वतन्त्र उमेदवारको जितलाई अपवादका रूपमा अर्थ्याए ।

“केही ठाउँमा स्वतन्त्रले जिते अग्रता आयो भन्दैमा त्यसले दलीय व्यवस्थालाई नै कमजोर बनायो भन्ने हुँदैन,” महतले भने, “काठमाडौंमा पनि त्यही हो । अन्यत्र पनि त्यही हो । यसलाई हामीले अपवादका रूपमा लिएका छौँ ।” 

उनले बालेनप्रति देखिएको जनमतलाई केपी शर्मा ओलीले राजनीतिप्रति घृणा फैलाउने काम गरेका कारण पनि पूरै राजनीतिप्रति महानगरवासीको असन्तुष्टि भएको दाबी गरे ।

“बहुमत पाएर पनि केपी शर्मा ओलीले सत्ता सञ्चालन गर्न नसक्दा र पटकपटक संसद् विघटन गर्दा राजनीतिप्रति नै असन्तुष्टि फैलिने काम भयो । त्यसको रियाक्सनमा नेपाली कांग्रेसलाई पनि घाटा भयो,” डा. महतले भने, “हाम्रा कमिकमजोरी रहेछन् भने हामी समीक्षा गर्नेछौँ ।” उनले समीक्षाका क्रममा उमेदवार छनोटमा कमीकमजोरी भएको भन्ने निष्कर्ष आए आगामी दिनमा सच्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ