२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट अर्थपूर्ण

२०७९, १२ जेष्ठ बिहीबार ०५:०१

जेठ १२, काठमाडौं | स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् ।  दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।

ओलीले २५ वैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पछिल्लो पटक गठबन्धन असार १७ गते टुट्ने बताएका थिए । गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषिको भएको भनाइ थियो । 

तर, तालमेललाई लिएर जसपा असन्तुष्ट हुँदा ओली नै गठबन्धन टुटाउन लागेको कतिपयको विश्लेषण छ ।  ओलीले बुधबार पार्टी संसदीय दलको बैठकमा पार्टी पहिलो हुन नसक्नुको कारण अन्तर्घातसँगै पाँच दलीय गठबन्धन पनि भएको बताएका थिए । 

उनी गठबन्धनप्रति निकै आक्रोशित छन् । बारम्बार उनी गठबन्धनलाई देश विकास गर्न भन्दा पनि मागिखानेहरूको गठबन्धन भन्दै टिप्पणी गर्दछन् । 

सोही गठबन्धन टुटाउन ओलीले चाहँदै आएका हुन् । 

ओली निकट एक पदाधिकारीले भने गठबन्धन आफैं टुट्ने बताए ।

‘तालमेलमा धोकाधडी भयो भन्ने सुनिँदै आएको छ । अहिले नै यस्तो भएपछि अनि प्रदेश र संघको निर्वाचनमा सँगै जान्छन् होला र ? मलाई लाग्छ, अहिले बजेट अधिवेशन नसकिँदै गठबन्धन टुट्छ । हामीले टुटाउनु पर्दैन’, न्युजकारखानासँग भने ।

गठबन्धनमा कांग्रेस, माओवादी र जसपाको अतिरिक्त नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पनि रहेका छन् । 

प्रधानमन्त्री छँदा दोस्रो पटक संसद् विघटन ८ जेठ २०७८ को बिहान ओलीले गरेपछि कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको हो । 

गठबन्धन एमालेको राजनीतिक यात्रामा भने हानिकारक भएको छ । परिणामतः सङ्घीय सरकार मात्र होइन, चार वटा प्रदेश सरकार गुमायो भने राष्ट्रियसभा निर्वाचनसँगै स्थानीय तह निर्वाचनमा क्षति बेहोर्नु परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना