Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मतदाताको हत्या भयाे : ओली

By साझासवाल

जेठ १२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोन गर्दै गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा भोट पाउनको लागि मतदाताको हत्या गरिएको ओलीले बताएका हुन् ।

उनले रुकुममा मतदाताको हत्या गरी वनमा लगेर फालेको टिप्पणी गरे । उनले भने, ‘रुकुमा भोट पाउनको लागि मतदाताको हत्या गरियो । मतदाता अपहरण गरियो । हत्या गरेर वनमा फाल्ने कामहरु भयो ।’

हुम्लामा कार्यकर्ताको बुबाको हत्या गरिएको पनि उनले बताए । ‘हुल्लमा मतदान भइसकेपछि मतगणना समयमा राजनीतिक कार्यक्रर्ताहरु घर आएर बसेर खाना खाएर कुरा गर्दै थिए, कार्यकर्ताका बाबु आँगनमा भएको बेला हमला गरियो । उनको हत्या गरियो । बचाउन सकिएन ।’

आलीले ताप्लेजुङ र उदयपुरमा पनि मतदाताको हत्या भएको बताए । उनले भने, ‘उदयपुरमा प्रहरीकै गोलीबाट हत्या गरियो । विभिन्न ठाउँमा आक्रमण भए । धेरै मतदाता घाइते भए ।’

उनले स्थानीय तहको निर्वाचनमा मतदातालाई घेर्ने, छेक्ने, थुन्ने, भयभित पर्ने र कुटपिट गर्ने कामहरु समेत भएको टिप्पणी गरे ।