जेठ १२, काठमाडौं | बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले यसअघिको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो । मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा भएको विषयमा दलहरूबीच विवाद भएपछि मतदान रोकिएको थियो ।

आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्ट लगायतका तीन दिनभित्र हटाउन समेत गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

उनीहरूले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको भन्दै आयोगले उनीहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

जिम्मेवार कर्मचारी खटाई निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार बनाउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

May 26, 2022
काठमाडौँ - KTM, राजनीति
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने
By साझासवाल
3 मिनेट पढाइ