‘पटकपटक लडेर धुलो टक्कटक्याएर उठेको हुँ, हार जित सामान्य’ भन्दै बालेन र सुनितालाई स्थापितको शुभकामना

साझासवाल
1 Min Read

जेठ १३, काठमाडौं | काठमाडौं महानगरपालिका प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले निर्वाचनमा भएको हार-जितलाई सामान्य रुपमा लिएको बताएका छन्।

काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनलेजनताको सेवक भएर काम गर्ने आकांक्षा सफल हुन सकेको भन्दै उनले काठमाडौं महानगरकोविकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधरमराएको बताएका हुन्।‘म पटक-पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु। काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ उनले भनेका छन्।

महानगर प्रमुखमा निर्वाचित बालेनलाई शुभकामना दिँदै स्थापितले विपक्षमा मतदान गर्नेहरुको मन जित्ने काम गर्न उनी सफल हुनेमा आशावादी रहेको बताएका छन्। बालेनले गर्ने राम्रो काममा सहयोग र गलत काममा खबरदारी गर्ने उनले बताएका छन्।

‘काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु।’

स्थापितले उपप्रमुखमा निर्वाचित एमालेकै उम्मेदवार सुनिता डंगोललाई पनि शुभकामना व्यक्त गरेका छन्। सुनितालाई ‘आशा बोकेको युवा’ भन्दै स्थापितले महानगरवासीको सेवक भएर डंगोलले काम गर्नेमा आफू विश्वास्त रहेको बताएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply