जेठ १५, काठमाडौं | मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ ।

१५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

May 29, 2022
काठमाडौँ - KTM, राजनीति
मन्त्रिपरिषद् बैठक सम्पन्न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत
By साझासवाल
2 मिनेट पढाइ