जेठ १८, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए ।

त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए ।

प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने ।

शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे बालेन, सहयोग हुने देउवाको भनाइ
Leave a Comment