जेठ २२, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् ।

आइतवार बिहान साहले मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा मेयर साहले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोरको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।

June 5, 2022
काठमाडौँ - KTM, राजनीति
बालेनले भेटे मुख्यमन्त्री पाण्डे, काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह
By साझासवाल
2 मिनेट पढाइ