जेठ २३, भरतपुर | भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको साझा भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आज (सोमवार) भएको जनप्रतिनिधि सम्मान कार्यक्रममा प्रमुख दाहालले भनिन्, ‘म यो वा त्यो पार्टी भन्दिनँ, सबैको साझा समृद्ध भरतपुर बनाउन लाग्नेछु ।’

विगतमा पनि साझा भएर काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु ।’ प्रमुख दाहालले भरतपुर नगरवासीलाई राजनीतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वानसमेत गरिन् ।

सम्मान कार्यक्रममा उनले भनिन्, ‘विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर काम गर्ने संकल्प मैले गरेको छु ।’ दोस्रो कार्यकालको लागि जनताको मन जित्ने कुरा, विश्वास जित्ने र मत लिने कुरा चुनौतीपूर्ण रहेको उनले बताइन् ।

सम्मान ग्रहण गर्दै प्रमुख दाहालले भनिन्, ‘सबै नगरवासीहरू सहकार्य, एकताको भावनाबाट अगाडि बढ्छु, विगतको पाँच वर्षको तुलनामा अझ धेरै काम गरेर देखाउनेछु ।’

June 6, 2022
काठमाडौँ - KTM, राजनीति
यो वा त्यो पार्टी भन्दिनँ, साझा भएर काम गर्छु : रेनु दाहाल
By साझासवाल
2 मिनेट पढाइ