Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

याैन हिंसामा उजुरीकाे हदम्याद हटाउँदा नक्कली मुद्दाकाे चाङ लाग्न सक्छ : सांसद विश्वकर्मा

By साझासवाल

जेठ २३, काठमाडौं | सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिनुभएको छ ।

आज साेमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाकाे चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाइ मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताउनुभएको हो । उहाँले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरूले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भए पनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गर्नुभयो ।

सांसद विश्वकर्माले भन्नुभयो, ‘यौन हिंसा गम्भीर प्रकारको अपराध हो । यसका दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्दछ । तर अपराध भन्नेबित्तिकै यसको हदम्याद राख्ने कि नराख्ने भन्नेबारेमा चाहिँ छलफल हुनुपर्दछ जस्तो लाग्छ । अपराधीलाई दण्डित गर्न र पीडितलाई न्याय दिनका लागि हामीेल हदम्याद नराख्दा वा राख्दा प्रमाण भेटिने आधार के हुन्छ ? हदम्याद नराख्दा प्रमाण भेटिन्छ कि मेटिन्छ ? तर हाम्रा पुराना कानुनहरूले के भन्छ भने– यस्तो किसिमको जघन्य अपराधका घटना वा जबरजस्ती करणीमा जति छिटो उजुरी गर्न गयो, त्यति ज्यादा प्रमाणहरू भेटिने हुँदा त्यति नै छिटो पीडकलाई दण्ड सजायको भागी बनाउन सकिन्छ भन्ने मान्यता छ । तर आज मान्यता ठ्याक्कै उल्टो बदलिएको जस्तो लाग्छ । जतिसक्दो ढिलो उजुरी गर्‍याै अथवा जति ढिलो कानुनको ढोका ढकढकाउन गयौँ, त्यति धेरै न्याय पाइन्छ भन्ने मान्यता मैले बुझ्न सकिराखेको छैन ।’

सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तुर्जुमा गर्नुअघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।